आफ्नै घरमा काम गर्न राखिएकी किशोरी वलात्कार गरेको आरोपमा झापाबाट बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख शिवाकोटी पक्राउ

आफ्नै घरमा काम गर्न राखिएकी किशोरी वलात्कार गरेको आरोपमा झापाबाट बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख शिवाकोटी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ मंसिर २०८१
  • 6.3K
    Shares

बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी

पोखरा,२४ मंसीर २०८१।

आफ्नै घरमा काम गर्न राखिएकी किशोरी वलात्कार गरेको आरोपमा झापाबाट बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन्।

बिर्तामोड–५ स्थित आफ्नै घरमा घरेलु कामदारको रुपमा रहेकी १७ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा पूर्व नगर प्रमुख शिवाकोटी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार , बुबाको मृत्यु भएपछि ती बालिका मेचीनगरस्थित एक आफन्तको घरमा बस्दै आएकी ती किशोरीकी आमाले पनि दोस्रो विवाह गरेपछि जीविकोपार्जनका लागि पूर्व नगर प्रमुख शिवाकोटीको घरमा काम गर्दै आएकी थिइन्। आफ्नो घरको कामसँगै पढाउने शर्तमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी ती किशोरी हाल कक्षा ११ मा अध्ययनरत रहेकी बताइएको छ।

आफूमाथि पूर्व मेयर शिवाकोटीले गरेको यौन शोषण सहन नसकेर दोश्रो बिबाह गरेर भारतको आसाम पुगेकी आफ्नो आमाको घर जान हिडेकी ती किशोरीलाई काँकडभिट्टा गेटमा माइती नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए। स्कुल ड्रेसमा शंकाश्पद देखिएकी ती किशोरीले माइती नेपालका प्रतिनिधिहरुसंग आफुलाई पूर्व मेयर शिवाकोटीले पटक-पटक वलात्कार गरेको खुलाएकि बताइएको छ।

पूर्व मेयर ‘शिवाकोटीको शारीरिक तथा मानसिक तनावबाट मुक्त हुन नेपाल छाडेर जान लागेकी ती किशोरीलाई माइती नेपालको सहयोगमा हजुरआमाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको र प्रहरीले शिवकोटीलाई पक्राउ गरेको हो।

पक्राउ परेका शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट प्रतिनिधित्व गर्दै उनी बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार