पोखरा,२४ मंसीर २०८१।
मादक पदार्थ रक्सी खाएर कारमा नगर बस ठोक्काउने चालकलाई नगरबसहित पोखरामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा ग१ख ४१२५ नम्बरको नगरबसका चालक पोखरा महनगरपलिका ७ घारिपाटन बस्ने बर्ष ४८ को हस्त बहादुर गुरुङ रहेका छन्।
चालक गुरुङले चलाएको ग१ख ४१२५ नम्बरको नगरबसले पोखराको सभागृह चोक नजिक पार्किङ गरी राखेको ग१च ५३६१ नम्बरको कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। गुरुङले मादक पदार्थ सेवन गरेको प्रहरीले दाबी गरेको छ।
प्रहरीले चालक गुरुङ र उनले चलाएको ग१ख ४१२५ नम्बरको नगरबसलाईइ नियन्त्रण लिई आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय बैदाम पठाएको जनाइएको छ ।