झापामा दिउसै ८३ वर्षीया बृद्धाको हत्या : दुई जना पक्राउ

झापामा दिउसै ८३ वर्षीया बृद्धाको हत्या : दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ मंसिर २०८१
  • 6K
    Shares

पोखरा,२३ मंसीर २०८१।

झापामा शनिबार दिउँसो ८३ वर्षीया वृद्धाको हत्या भएको छ। शनिबार दिउँसो साढे बजे झापा गाउँपालिका ६ पुष्पाञ्जली टोलकी फुलमाया मुर्मुको हत्या भएको हो ।

टाउको र चिउँडोमा गम्भीर चोट लागेको अवस्थामा बृद्धाको शब उनकै घरमा भेटिएको प्रहरीले जानकारी दिएको छ। वृद्धा मृत अवस्थामा रहेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट टोलि खटिएको थियो।

ती बृद्धाको हत्या आरोपमा झापा गाउँपालिका ७ का २८ वर्षीय अजय यादव २४ वर्षका अशोक यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

उनीहरुलाई नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट केनाइनसहितको टोलीको सहयोगमा पक्राउ गरिएको डीएसपी चन्दले बताए। कलको ह्यान्डिल र फरुवासहित घटनापछि उनीहरू फरार भएका थिए।

घटनास्थलबाट लुटिएको मोबाइल र साइकलसहित झापा गाउँपालिका ७ मदरगाछबाट पक्राउ गरेर अनुसन्धान थालिएको डीएसपी चन्दले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार