नाच्दा नाच्दै लमजुङमा एक बोर्डिङ स्कुलकी छात्राको बेहोश भएर मृत्यु

नाच्दा नाच्दै लमजुङमा एक बोर्डिङ स्कुलकी छात्राको बेहोश भएर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ मंसिर २०८१
  • 4.9K
    Shares

पोखरा,२२ मंसीर २०८१।

लमजुङको एक निजि स्कुलमा नाच्दा नाच्दै एक वालिकाको मृत्यु भएको छ । बेंशीशहर नगरपालिका -७, सातविसेस्थित भूपू सैनिक आवासीय मावि बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १४ वर्षीया बिन्ती तामाङको स्कुलमा नाच्दा नाच्दै मृत्यु भएको हो।

दोर्दि गाउँपालिका -८, माथिल्लो दुवार घर भएका ओम बहादुर तामाङको छोरी रहेकी बिन्तीको शुक्रबार दिउँसो करिब साढे १ बजे नाच्दै गर्दा लडेर अचेत बनेको केही बेरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ऊनी प्याब्सन लमजुङको स्थापना दिवसमा हुने नृत्य प्रतियोगिताको अभ्यास गरिरहेकी थिइन् ।

वालिकाको शव पोस्टमार्टमको लागि लमजुङ अस्पतालमा राखिएको छ । घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार