चितवनमा गएराती इभी भ्यानले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

चितवनमा गएराती इभी भ्यानले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ मंसिर २०८१
  • 3K
    Shares

पोखरा,२२ मंसीर २०८१।

चितवनमा गएराती इभी भ्यानले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ।

हेटौंडादेखि नारायणगढतर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१ ख ०५५५ नम्बरको भ्यानले शुक्रवार राति ११ः१५ बजे चितवनको राप्ती नगरपालिका–१ पिप्लेमा ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको हो ।

उक्त इभी भ्यानको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्री राप्ती–२ गड्यौली बस्ने वर्ष अन्दाजी २८ को सन्दिप रुवालीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गएराति १२ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ठक्कर दिने सवारी साधन र चालक खोटाङ बाराह पोखरी गाउँपालिका–१ बस्ने वर्ष २४ को दीपक मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार