नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवालीको निधन

नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवालीको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ मंसिर २०८१
  • 5.9K
    Shares

पोखरा, १५ मंसीर २०८१।

नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवालीको निधन भएको छ । उनको सडक दुर्घटनामा परेर शुक्रबार निधन भएको हो ।

शुक्रबार दिउँसो काठमाण्डौको पुतलीसडकमा साथीभाइसँग खाजा खाएर छुटेका ज्ञवाली साँझ सामाखुसीको साँघुरो बाटोमा लडेको अवस्थामा भेटिएका थिए। प्रहरीले उनलाई तत्काल उद्धार गरेर अस्पताल पुर्याएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको बताइएको छ। हिँड्दै गर्दा उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।

गुल्ल्मीको थोर्गामा २०२० सालमा जन्मेका उनी २०३८ सालमा उच्च शिक्षा पढ्न पोखरा आएका थिए । पोखराको पृथ्वीनारायण क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका उनले शिक्षण पेशामा लागेका थिए ।

कास्कीकै हंसपुरमा पढाएका उनी त्यसपछिको लामो समय पोखराकै भद्रकालीमा पढाए । उनी केही समय भद्रकालीको प्रधानाध्यापक पनि भए । शिक्षक आन्दोलनमा लागेका कारण उनी काठ्माडौं जाउआउ गरिरहन परेका कारण उनी बेतलबी बिदामा बस्न हेडमास्टर छाडेका थिए ।

२०५० सालमा स्थायी भए पनि उनले पेन्सन भने पाएनन् । नेपाली कांग्रेसको समानुपातिक सूचीमा पर्ने आश्वासनपछि उनले अवधि अघि नै राजीनामा दिएका थिए । तर उनी समानुपातिकको सूचीमा परेनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार