अछाममा प्रहरीका असइले आफुले आफैलाई गोली हाने

अछाममा प्रहरीका असइले आफुले आफैलाई गोली हाने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ मंसिर २०८१
  • 4.4K
    Shares

जिल्ला प्रहरी कार्यालय अछाम

पोखरा, १३ मंसीर २०८१।

अछाममा कार्यरत नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका–६ भैरवस्थान प्रहरी चौकीका इन्चार्ज असई किसनबहादुर चन्दले आफैंलाई बिहीबार राति गोली प्रहार गरेका हुन् ।

चन्दले आफैंले बोकेको पेस्तोलले बिहीबार राती करिब ९ः३० बजे बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए । घाइते भएका चन्दलाई घटना लगत्तै सुर्खेत हुँदै कोहलपुर मेडिकल कलेजमा उपचार लागि लगिएको थियो ।

आइसियुमा राखेर उपचार भइरहेका चन्द उपचाररत बोल्न सक्ने अवस्थामा छन् । गोली प्रहार घटनाको बारेमा सात दिन भित्र प्रतिवेदन बुझाउने गरेर कमलबजार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको नेतृत्वमा एक छानबिन समिति गरेर अनुसन्धान थालिएको प्रमुख भण्डारीले जानकारी दिए ।

अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले आफैंमाथि गोली प्रहार गरेका छन्।

उनले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

भण्डारीले भने, ‘बिहीबार राति राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैंमाथि गोली प्रहार गरेको भन्ने अबर आएको थियो उहाँलाई हामीले उपचारका लागि सुर्खेत पठाएका थियौं। त्यहाँबाट बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ। अहिले उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ।’

चन्दले गोली प्रहार गर्नुको कारण भने नखुलेको भण्डारीले बताए। घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको पनि उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार