पोखरा,१७ असोज २०८१।
सर्वोच्च अदालतले सुर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधिशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको बुधबारको संयुक्त इजलाशले पूर्व डीआईजी जोशीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
जोशीका तर्फबाट उनका छोराले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको उक्त संयुक्त इजलाशले दशैैँको समय परेकाले तारेखमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्थाको प्रयोग गर्न भने प्रहरीको ध्यानाकर्षण गराएको छ ।
हाल कास्की पहरीको हिरासतमा रहेका जोशीका तर्फबाट उनका छोराले सर्वोच्च अदालतमा बन्दी पत्यक्षीकरणको रिट दायर गरेका थिए ।

