‘नो एनसेल, नो डायल, नो रिसिभ’ भन्दै पूर्वमिस नेपालले यसरी जलाइन एनसेल सिम

‘नो एनसेल, नो डायल, नो रिसिभ’ भन्दै पूर्वमिस नेपालले यसरी जलाइन एनसेल सिम


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ चैत्र २०७३
  • 16.5K
    Shares

कर नतिरेको भन्दै नागरिक अगुवाहरुले एनसेललाई बहिस्कार गर्दै एनसेललाई जलाएका छन् । शनिबार ललितपुरको पाटनमा पूर्वमिस नेपाल सुविन लिम्बूले अाफू एनसेलविरोधी भन्दै एनसेलले कर नतिरको भन्दै अागो लगाएर जलाएकी छन् ।

‘नो ट्याक्स, नो एनसेल, नो डायल, नो रिसिभ,एनसेल ३३ अर्ब तत्काल फिर्ता गर, ३३ अर्ब ल्याउँ फास्ट ट्रयाक आफै बनाउँ’ नारा लगाउँदै पूर्वमिस लिम्बूसँगै मानवअधिकारी संस्था ईन्सेकका प्रमुख सुवोधराज प्याकुरेल, नागरिक अभियानका सदस्य हरिराम रिमाल र नयाँ शक्तिका नेता तथा सामाजिक अगुवा निर्मल भट्टराईले पनि एनसेललाई जलाए ।

लिम्बू सन् २०१४ की मिस नेपाल  लिम्बूले एनसेलले हरेक नेपालीलाई ठगेको हुनाले सबै युवाले एनसेलको सीम चलाउन बन्द गर्नुपर्ने बताइन् । ललितपुरको पाटन दरबार क्षेत्रमा एनसेलको सिम जलाइएको हो ।

प्रतिक्रिया