पोखरा,१० असोज २०८१।
पोखरामा काटेको ढुंगा बोकेको एउटा ट्रक मासु पसलभित्र पसेको छ।
कास्कीको माछापुच्छ्रे गाउपालिका भुर्जुङ्खोलाबाट काटेको ढुंगा बोकेर पोखरा तर्फ आउदै गरेको ग १ ख ५२५८ नम्बरको ट्रक आज एकाबिहान पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर पानी ट्याङ्किस्थित अमला बिसौनीमा रहेको मासु पसलमा पसेको हो।
ओभर लोड भेओ उक्त ट्रक अनियन्त्रित भइ आमा समुहको घरको पिल्लरमा ठोक्किन पुगि पुर्बितर्फ रहेको गोबिन्द बस्नेतको घरको सटरमा ठोक्किन पुगेको थियो ।
भुर्जुङखोला बाट राती ३ बजे घार्मी हुँदै पोखरा आउदै गरेको कटिङ ढुङ्गा बोकेको ट्रक दुर्घटनामा परेको हो । ओभर लोड ट्रक अनियन्त्रित भइ आमा समुहको घरको पिल्लरमा ठोक्किएर बसन्त खड्काले सञ्चालन गरेको फ्रेश हाउसमा पसेको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन्। ट्रकको ठक्करबाट उक्त फ्रेस हाउसमा क्षति पुगेको छ।
उक्त दुर्घटनामा ट्रक चालक राजु गिरीको खुट्टा भाचिएको र लामाचौर मेट्रो प्रहरीले फिस्टेल अस्पतालमा पुर्याएको थियो । प्रहरीले नियन्त्रणमा लिइएको ट्रक र ढुङ्गा थप अनुसन्धानका लागि एक्याप पठाइने भएको छ ।