पोखरा, ९ असोज २०८१।
अढाई महिनादेखि पटक – पटक धम्क्याएर वलात्कार गरेको आरोपमा गोरखाबाट एक जना युवा पक्राउ परेका छन्। गोरखाको आरुघाट गाउपालिका वडा नं.१ बस्ने २३ वर्षीय विनोद बि.क स्थानीय ३५ वर्षीय महिलालाई बिगत अढाई महिनादेखी पटक – पटक वलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।
अभियुक्त बिकले आफुलाई पहिलो पटक गएको जेठ १३ गते पहिलो पटक वलात्कार गरेको र त्यस यता पटक पटक वलात्कार गरेको भन्दै पिडित महिलाले प्रहरीमा उजुरी दिएकी छिन। अभियुक्त बिकलाई गएको आइतबार आरुघाट १ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
अभियुक्त बिकविरुद्ध गोरखा जिल्ला अदालतबाट जबरजस्ती करणी कसूर मुद्दा दर्ता गरी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।