पोखरा, ९ असोज २०८१।
सिरहामा छोराबुहारीले कुटेर बाबुलाई मारेका छन्। सिरहाको औरही गाउँपालिका-३ खजनपुर टोलकम ६५ वर्षीय भालेश्वर यादवलाई उनकै छोराबुहारीले कुटेर मारेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए । छोराबुहारीको कुटाइबाट गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै मृत्यु भएको डिएसपी सापकोटाले बताए ।
पक्राउ परेका छोरा शैलेन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।