बागलुङकी १६ वर्षीया झरना बडिगाड खोलामा मृत भेटिइन्

बागलुङकी १६ वर्षीया झरना बडिगाड खोलामा मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ असोज २०८१
  • 7.6K
    Shares

पोखरा,८ असोज २०८१।

बाग्लुङको बडिगाड खाेलामा आज १६ वर्षीया एक युवती मृत भेटिएकी छिन्। बागलुङ जिल्लाको ढाेरपाटन नगरपालिका वडा नं ३ घर भएकी झरना भन्ने १६ वर्षीया युवती पवित्रा गिरी बडिगाड गाँउपालिकाकाे खारा बजार नजिक बडिगाड खाेला किनारमा आज बिहान मृत भेटिएकी हुन्।

गत मंग्लवार साझ देखि बेपत्ता रहेकी झरना आज बिहान बडिगाड खाेला किनारमा मृत भेटिएकी बडिगाड वडा न ५ का वडा अध्यक्ष बिष्णुप्रसाद आचार्यले जानकारी दिए।

हालै SEE को पुरक परिक्षा दिएकी झरनाको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन भने शब् पोस्टमाटमको लागि बुर्तिवाङ्ग प्राथमिक स्वास्थय केन्द्रमा राखिएको र यस सम्बन्धमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार