पोखरा १३ को कार्यालयमा बेवारिशे अवस्थामा भेटिएको दुइ लाख रुपियाँ सहितको झोला सम्बन्धित व्यक्तिले लगे

पोखरा १३ को कार्यालयमा बेवारिशे अवस्थामा भेटिएको दुइ लाख रुपियाँ सहितको झोला सम्बन्धित व्यक्तिले लगे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ असोज २०८१
  • 9K
    Shares

पोखरा,८ असोज २०८१।

पोखरा महानगरपालिका वडा नम्बर १३ को कार्यालयमा आइतबार साँझ बेवारिशे अवस्थामा भेटिएको नगदसहितको झोला सम्बन्धित व्यक्तिले फिर्ता लागेका छन्।

उक्त नगदसहितको झोला आफ्नो भएको भन्दै दाबी पेश गर्न आएका ललितपुर नगरपालिका वडा नं.१४ सातदोवाटोका ४२ वर्षीय जिवन रेग्मीलाई आज पोखरा १३ का वडाध्यक्ष किरण बरालले फिर्ता दिएका हुन्।

गएको आइतबार साँझ करीब पांच बजेको समयमा पोखरा १३ का वडा सचिव अन्जु गुरुङको कार्यकक्षस्थित सोफामा नगद रु. दुई लाख समेतका जिन्सी सामानहरु बेवारिशे अवस्थामा फेला परेको थियो। त्यसपछि उक्त राकम्सहित्को झोला सम्बन्धित व्यक्तिलाई बुझाउन वडा कार्यालयले वडा प्रहरी कार्यालय रामबजारलाई बुझाएको थियो।

उक्त झोला आफ्नो भएको भन्दै रेग्मीले वडा प्रहरी कार्यालय रामबजार कास्कीमा आई आवश्यक प्रमाणहरु पेश गरेपछि वडाध्यक्ष बरालाले आजे रेग्मीलाई उक्त राकम्सहित्को झोला हस्तान्तरण गरेक हुन्।
उक्त अवसरमा सोही वडाका वडा सदस्यहरु , वडा सचिव अन्जु गुरुङ र वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरिक्षक बिरेन्द्र घिमिरेको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार