उदयपुरमा मलामी लिएर फर्किएको बस दुर्घटना : २६ जना घाइते

उदयपुरमा मलामी लिएर फर्किएको बस दुर्घटना : २६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ असोज २०८१
  • 6.4K
    Shares

पोखरा,८ असोज २०८१।

उदयपुरमा मलामी लिएर फर्किएको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। जिल्लाको वेलका नगरपालिका-८ स्थित सेतीखोलामा मलामी लिएर फर्किएको प्रदेश १-०२-००१ ख ८२५३ नम्बरको बस मध्याह्न १२ बजेतिर दुर्घटना हुँदा २६ जना घाइते भएका हुन्।

घाइतेमध्ये २० जनाको नगर अस्पताल रामपुरमा उपचार भइरहेको र बाँकी ६ जनालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए।

प्रहरीका अनुसार , दुर्घटना परेको बसले मंगलबार बिहान पालिकाको ५ नम्बर वडामा रहेको घुम्ने भन्ने ठाउँबाट मलामी लिएर सप्तकोशी गएको थियो। सोही क्रममा मलामी लिएर फर्किने क्रममा उक्त बस सडकदेखि १२ मिटर तल गएर पल्टिएको थियो। बसमा कति यात्रु थिए भन्ने तथ्यांक संकलन गर्ने काम भइरहेको प्रहरी निरीक्षक उदासले जनाए।

दुर्घटना के कारणले भएको हो भन्ने खुलिसकेको छैन। बसका चालक समेत घाइते भएको हुँदा थप विवरण बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार