रक्सीले मातेका छोराले ७० वर्षीय बाबुको कुटेर गरे हत्या

रक्सीले मातेका छोराले ७० वर्षीय बाबुको कुटेर गरे हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ असोज २०८१
  • 6.2K
    Shares

पोखरा,८ असोज २०८१।

बाँकेमा रक्सीले मातेका एक युवाले कुटेर आफ्नै बाबुको हत्या गरेका छन्। जिल्लाको बाँकेको कोहलपुर नगरपालिका वडा नं ८ पिपरीका ४७ वर्षीय दिपबहादुर क्षेत्रीले रक्सीले मातेको अवस्थामा ७० वर्षीय बाबु नैनसिंह क्षेत्रीलाई पिर्काले हानेर हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी धर्मराज भण्डारीका अनुसार , अधिक रक्सी पिएर मात्तिएका छोरा दिपबहादुर घरमा आउँदा रक्सी पिएर बसेका बुवा नैनसिंहसँग झगडा भएको र बाबुलाई पिर्काले हानेको बताइएको छ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएका ७० वर्षीय नैनसिंह क्षेत्रीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बाबुको हत्या गरेको आरोपमा छोरा दिपबहादुरलाई पक्राउ गरेर अनुसन्धान थालिएको डिएसपी भण्डारीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार