खोलामा करेन्ट लगाएर माछा मार्ने जनप्रतिनिधिसहित पांच जना स्याङजाबाट पक्राउ

खोलामा करेन्ट लगाएर माछा मार्ने जनप्रतिनिधिसहित पांच जना स्याङजाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ असोज २०८१
  • 8.2K
    Shares

पोखरा,५ असोज २०८१।

करेन्ट लगाएर माछा मारेको भन्दै स्याङजाबाट एक जना जनप्रतिनिधिसहित पांच जना समातिएका छन्।

वालिङ नगरपालिका वाड नं १३ का वडा सदस्य दिपक जिटिसहित पांच जनालाई गएराती अवैध तरीकाले करेन्ट लगाएर माछा मारेको भन्दै वालिङ १ रामवाच्छावाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

करेन्ट लगाई माछा मारिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङवाट पहरी हवल्दार सहितको टोलीले उनीहरुलाई माछा मार्न प्रयोग भएको सामाग्री, माछा र गाडी सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

जिटि नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधि हुन् । उनलाई पटक पटक पक्राउ गर्दै छाडिएको समेत वुझिएको छ । भने अन्य ४ जना रौतहट जिल्लाका वालिङमा पेन्टर काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारवाहीको लागि म्याद थप गरि अनुसन्धान अगाडि वढाउने तयारी गरेको समेत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार