पोखरा,४ असोज २०८१।
सिर्जनशील कलाकार समूहले मनसुन-४ कला प्रदर्शनी बिहीबारदेखि पोखरामा शुरु गरेको छ।
संबिधान दिवसको अवसर पारेर उक्त समुहले पोख्गराको नयाँ बजार स्थित पोखरा आर्ट ग्यालरीमा मनसुन कला प्रदर्शनी शुरु गरेको हो।
उक्त कला प्रदर्शनीको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङले शुभारम्भ गरेका थिए। सो अवसरमा उक्त कार्यक्रममा पोखरा महानगरिालिका वडा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले आफू आफ्नो बडा मै ग्यालरी स्थापित गर्न लागिपरेको बताए ।
आउने असोज ९ गतेसम्म हुने उक्त कला प्रदर्शनीमा कला क्रान्ति बर्ष कार्टुनिष्ट जित बहादुर गुरुङको मूर्तिकला साथै पानी रंग, एक्रिलिक रंग, अल्कोहोलीक रंग, पेन एड ईन्क लगायत माध्यममा ए-थ्रीदेखि ३/५ फिट सम्मको ४८ कलाकारका ५५ कलाकृतिहरु राखिएका छन्।
त्यस प्रदर्शनीमा रहेका कलाकार बामन चालिसेको तीन हजार मूल्य पर्नेदेखि प्राज्ञ नगेनसिहं “राङखानी”को एकलाख नौ हजार मुल्यसम्मको कलाकृति बिक्री बितरणमा रखिएको छ। कलाकृति बिक्री भएको रकम संस्थाको कोषमा राखिने सिर्जनशिल कलाकार समुहका अध्यक्ष डीबी गुरुङले जानकारी दिए ।