कृषिमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण

कृषिमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ असोज २०८१
  • 4.8K
    Shares

पोखरा,४ असोज २०८१।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ । कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् ।

गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको प्राप्त समाचारमा जनाइएको छ।

एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि नै काठमाडौं फर्किएका थिए । विराटनगरबाट फर्किएपछि उनलाई डेंगु संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार