पोखरा,२ असोज २०८१।
पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा असहज महशुश भएपछि उपचारका लागि ग्रान्डी अस्पताल पुर्याइएका ४५ वर्षीय राईको बुधबार बिहान निधन भएको हो।
फोनिक्स फिट्शालाका राईले केहीदिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । राई मोरङको बेलबारीका हुन् । उनी टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।
आफन्त आएपछि थप प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।