साढे तीन घण्टापछि प्रहरी नियन्त्रणबाट छुटे , १४ जना मेयर बालेन समर्थक

साढे तीन घण्टापछि प्रहरी नियन्त्रणबाट छुटे , १४ जना मेयर बालेन समर्थक


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ असोज २०८१
  • 7K
    Shares

पोखरा,१ असोज २०८१।

काठमाण्डौबाट पक्राउ परेको साढे तीन घण्टापछि १३ जना मेयर बालेन समर्थक प्रहरी नियन्त्रणबाट छुटेका छन्। दिउँसो साढे १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरीले ५ बजेतिर छाडेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार , मंगलबार इन्द्रजात्राको अवसरमा बसन्तपुर क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर युवाहरु पुगेका थिए । तिनीहरु मध्ये शुरुमा १३ जना र पछि एकजना गरी १४ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिएको थियो ।

स्थानीयसँग विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार