काठमाण्डौमा धोबीखोलाले बगाएको ट्याक्सी युएन पार्कनजिक बागमती नदीमा भेटियो

काठमाण्डौमा धोबीखोलाले बगाएको ट्याक्सी युएन पार्कनजिक बागमती नदीमा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ भाद्र २०८१
  • 5.6K
    Shares

पोखरा,३१ भदौ २०८१।

काठमाडौंको नयाँ बानेश्वरस्थित सडकबाट धोबिखोलामा खसेको ट्याक्सी भेटिएको छ।

सोमबार बिहान ललितपुरको युएन पार्कनजिक बागमती नदीमा ट्याक्सी भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

आइतबार बेलुकी करिब सवा ८ बजे नयाँ बानेश्वरस्थित मदन भण्डारी कलेज अगाडि धोबीखोलामा ट्याक्सी खसेको थियो।

ट्याक्सी चालक उर्गेन लामालाई प्रहरीले भाटभटेनी नजिकैबाट उद्धार गरेको थियो।

चालकको उद्धार गरिएपनि ट्याक्सी खोलाले बगाएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार