फोटोकपी गरिएका एक हजार दरका एकसय १५ थान नक्कली नोटसहित ललितपुरबाट एक युवा पक्राउ

फोटोकपी गरिएका एक हजार दरका एकसय १५ थान नक्कली नोटसहित ललितपुरबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ भाद्र २०८१
  • 4.4K
    Shares

पोखरा,३१ भदौ २०८१।

एक हजार दरका एकसय १५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ३ घर भइ हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन् ।

उनले भाडामा लिएको ललितपुर महानगरपालिका ८ सौगलमा रहेको कोठाबाट नक्कली नोटसहित पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनको साथबाट नक्कली नोटसहित एउटा फोटोकपी मेसिन र एक हजारको सक्कली नोट पनि बरामद गरिएको उनले बताए ।

पक्राउ परेका रोक्कालाई ललितपुर जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार