पोखरा,३१ भदौ २०८१।
पोखराबाट अबैध लाघु औषध गाँजासहित एक युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ५ स्थित धारापानीमार्गमा भाडामा बस्दै आएका २४ वर्षीय मिलन राई गएको शनिबार दिउसो साढे तीन बजेको समयमा अबैध लाघु औषध गाँजासहित पक्राउ परेका हुन्।
उनको डेराकोठाबाट रातो पलाष्टिक भित्र पोको पारि बेच्न राखिरहेको अवस्थामा आठ सय ६५ ग्राम अबैध लागु औषध गाँजा बरामद भएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ।
अभियुक्त राइबिरुद्ध लागू औषध गाजाँ सम्बन्धी कसुर अपराधमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप भै अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।