उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह

उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ चैत्र २०७३
  • 11.1K
    Shares

पशुपति मुराररका

मुलुकका राजनीतिक दलले उद्योग वाणिज्य क्षेत्रलाई बन्द हडतालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुराररकाले राजनीतिक दलसँग आग्रह गरेका छन् । तौलिहवा उद्योग वाणिज्य सङ्घको आयोजनामा तौलिहवामा शुक्रबार सुरु भएको चौथो प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मुरारकाले सरकारले उद्योग व्यवसाय संरक्षण नीति लिए एक दशकभित्रै मुलुकको व्यापार घाटा कम गर्न नेपालको उद्योग वाणिज्य क्षेत्र सक्षम रहेको बताए ।

महोत्सवमा उद्योग, कृषि, पर्यटन, व्यापारलगायतका करिब १५० कक्ष छन् । महोत्सव अवधिभर जिल्लाका विभिन्न पुरातात्विक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिइने सङ्घका अध्यक्ष गयादीन कुर्मीले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार