पोखराको शान्ति निकेतन विद्यालयमा समाचार वाचन प्रतियोगिता सम्पन्न

पोखराको शान्ति निकेतन विद्यालयमा समाचार वाचन प्रतियोगिता सम्पन्न


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० भाद्र २०८१
  • 6.6K
    Shares

शान्ति निकेतन स्कुल

पोखरा,३० भदौ २०८१।

पोखरा महानगरपालिका वडा नम्बर ५ स्थित शान्ति निकेतन विद्यालयमा समाचार वाचन प्रतियोगिता सम्पन्न भएको छ।

कक्षा ६, ७ र ८ को पहिलो समूह र कक्षा ८ र ९ का दोश्रो समूह गरी कुल ४१ जना सहभागिता रहेको थियो।

उक्त प्रतियोगिताको समूह १ तर्फ कक्षा ८ ‘ए’का दिलिप देवकोटा प्रथम , कक्षा ७ ‘ए’ कि निमिषा आचार्य दोश्रो र कक्षा ७ ‘ए’ का लेखनाथ काफ्ले तेश्रो भए।

समूह २ तर्फ भने कक्षा ९ कि नमुना भुर्त्याल प्रथम , कक्षा ९ कि प्रश्ना पौडेल दोश्रो र कक्षा ९ कि लक्ष्मी न्युरे तेश्रो भएको बिद्यालय प्रशासनले जानकारी दिएको छ।

विद्यालयका उपप्रधानाध्यापक यदुबिलास भुर्त्यालको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा निर्णायकको रुपमा पब्लिक 4K टेलिभिजनका समाचार वाचक सैलताज कुँवर र सिटी वन टेलिभिजन समाचार वाचक कृष्ण अधिकारी रहेका थिए।

यस प्रतियोगिताले शान्ति निकेतन विद्यालयका छात्र-छात्राहरुको विशेष प्रतिभा र समाचार वाचनप्रति समर्पणलाई उजागर गर्ने बिद्यालयका उपप्रधानाध्यापक भुर्त्याल बिश्वास गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार