पोखरा,३० भदौ २०८१।
करिव नौ करोड रुपैंयाँ हिनामिना गरेको आरोप लागेर दुई वर्षदेखि फरार मोरङको विराटनगरस्थित माछापुछ्र्रे सहकारीका अध्यक्ष ५० वर्षीय अम्लेश कर्ण बुधबार पक्राउ परेका छन्।
अध्यक्ष कर्ण पक्राउ पर्नासाथ विरामी परेको भन्दै कोशी अस्पताल भर्ना भएका छन्। पक्राउ परेसंगे रक्तचाप बढेपछि उनलाई कोशी अस्पताल भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ।
सहकारीका एकहजारभन्दा वचतकर्ताको नौकरोड रुपैयाँभन्दा वढि रकम हिनामिना गरेर ब्यक्तिगत रुपमा प्रयोग गरेको आरोप उनीमाथि छ। सहकारीमा समस्या देखिन थालेपछि उनी फरार थिए। कर्णसहित २६ जना विरुद्ध ५० जनाभन्दा वढि वचतकर्ताले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन्। तर, हालसम्म पक्राउ पर्ने कर्ण मात्रै हुन।
सहकारी ठगीमा संलग्न अन्य भीआईपीसरह उनले पनि श्रीमतीसँग कागजी डिभोर्स गरेका छन्। सहकारीमा ठगी गरेको धनसम्पत्ति उनले श्रीमतीकै नाममा राखेको पीडितहरु वताउँछन्।
कर्णले ०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि स्वन्तन्त्र उम्मेदवारी दिएका थिए।