गोरखामा सैनिक ब्यारेक नजिकै बस र मोटरसाइकल ठोक्किए: दुई जना सैनिक घाइते

गोरखामा सैनिक ब्यारेक नजिकै बस र मोटरसाइकल ठोक्किए: दुई जना सैनिक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ भाद्र २०८१
  • 8K
    Shares

पोखरा,२९ भदौ २०८१।

गोरखा जिल्लामा रहेको नेपाली सेनाको रिपुमर्दन गण नजिक ट्रिपर र मोटरसाइकल एकापसमा ठोक्किंदा सोही ब्यारेकमा कार्यरत दुई जना सैनिक घाइते भएका छन्।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग. १ क ५६५४ नम्बरको ट्रिपर र विपरीत दिशाबाट आउँदै गरेको बा. ७० प २८७१ नम्बरको मोटरसाईकल शनिबार अपरान्ह साँढे चारबजेतिर गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेश्वारा स्थित सैनिक ब्यारेक नजिक ठोक्किंदा दुई जना सैनिक घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार रिपुमर्दन गणमा कार्यरत लेसनायकद्वय सुरेन्द्र राई र जनम राई घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घाइते दुवै जनाको गोरखा अस्पतालमा उपचार भई रहेको प्रहरी नायब उपरिक्षक एवं रमेशकुमार श्रेष्ठले बताए । घाइतेमध्य सुरेन्द्र राईको अवस्था गम्भिर रहेको डिएसपी श्रेष्ठले बताए । ट्रिपर चालक अजिरकोट गाउँपालिकाका चन्द्रबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार