बागलुङमा घर भत्किंदा एक जनाको मृत्यु ११ जना मजदुर घाइते

बागलुङमा घर भत्किंदा एक जनाको मृत्यु ११ जना मजदुर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ भाद्र २०८१
  • 5.5K
    Shares

बागलुङमा घर भत्काई पुनः निर्माण गर्ने क्रममा गाह्रो भत्किँदा एक जनाको मृत्यु भएको छ ।

बागलुङ ढोरपाटन नगरपालिका –१ बुर्तिबाङ बजारस्थित स्वामीचोकमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको जिल्ला प्रहरी कार्यालयका बागलुङका डीएसपी विजय यादवले जानकारी दिए ।

डीएसपी यादवका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा बागलुङका ३४ वर्षीय खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय इन्द्र रसाइली, ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ४० वर्षीया देविसरा विक, ३० वर्षीया किथमकुमारी विक, ३८ वर्षीय कीखममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक, ५१ वर्षीया टेकमाया रसाइली, रुपन्देहीका २६ वर्षीय शंकर पन्थी र काठमाडौं २४ वर्षीय सुगान्त पौडेल छन् ।

घाइतेलाई उद्धार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिवङ बागलुङ पठाइएको डीएसपी यादवले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार