झापामा प्रेमिकाको चक्कुले हानेर हत्या : प्रेमीलाई स्थानीयले कुटेर प्रहरीमा बुझाए

झापामा प्रेमिकाको चक्कुले हानेर हत्या : प्रेमीलाई स्थानीयले कुटेर प्रहरीमा बुझाए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ भाद्र २०८१
  • 7.2K
    Shares

पोखरा,२८ भदौ २०८१।

झापामा चक्कु हानेर एक युवतीको हत्या भएको छ। झापाको बिर्तामोडस्थित महानन्द चौकमा आज साँझ एक युवती माथि छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट इलाम फिक्कलकी अन्दाजी १९ वर्षीया मनिशा लोहारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा साँझ ७ बजे उनको मृत्यु भएको हो । उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो ।

ती युवतीलाई छुरा हान्ने कैलाली स्थायी ठेगाना भएका अन्दाजी २० वर्षका अनिल विकलाई स्थानीय बासिन्दाले कुटेर घाइते बनाइ प्रहरीलाई बुझाएका छन्। उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुवैजना प्रेमी–प्रेमिका रहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार