गएराती झापाको शिवसताक्षीमा सिटौलाको दाउराले हानेर हत्या

गएराती झापाको शिवसताक्षीमा सिटौलाको दाउराले हानेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ भाद्र २०८१
  • 4.4K
    Shares

पोखरा,२८ भदौ २०८१।

झापाको शिवसताक्षीमा गएराती एक व्यक्तिको हत्या भएको छ । जिल्लाको शिवसताक्षी ८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको गएराति करिव ९.३० बजे हत्या भएको हो ।

सिटौलाको शब् गएराति करिव ९.३० बजे घरको पछाडिपट्टि उतानो परेको अबस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। उनको टाउकोमा चोट देखिएको छ ।

दाउरा प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतियेको छ ।
हत्या कसले र किन गर्यो भन्ने बारे खुलेको छैन । प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान शुरु गरिसकेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार