पोखरा,२७ भदौ २०८१।
अबैध लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । पोखरा महानगरपालिका- ९ पृथ्वीचोकस्थित दिया फार्मेसीका संचालक समेत रहेका पूर्वसांसद श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको हो।
गएको साउन ३ गते पोखरा २, बाग्लुङ बसपार्कमा पक्राउ परेका रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा ४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापामगरले दिया फार्मेसीबाट उक्त लागूऔषध किनेको बयान दिए पछि उक्त फार्मेसीका संचालक समेत रहेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । थापा मगरको बयानका आधारमा उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठले आफूलाई स्वास्थ्यमन्त्री बनाउन पार्टीको कोर टिमले तीन करोड रुपैयाँ मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको सम्बाद बाहिरिएपछि विवादमा परेका थिए। उनलाई पछि पार्टीले कारबाही गरी हटाएको थियो।