झापामा पुजाको प्रसाद खाँदा ५९ जना बिरामी

झापामा पुजाको प्रसाद खाँदा ५९ जना बिरामी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ भाद्र २०८१
  • 4.4K
    Shares

पोखरा,२७ भदौ २०८१।

झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५९ जना बिरामी परेका छन्।

जिल्लाको अर्जुनधारा- ९ स्थित खरबन्दी निवासी रिता निरौलाको घरमा लगाइएको पूजामा वितरण गरिएको प्रसाद खाँदा ५९ जना बिरामी परेका हुन्।

पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो। प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन्। उनीहरुलाई फुड पोइजन भएको बताइएको छ।

बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन्। बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भइरहेको छ।

त्यस्तै, केहीको बिर्तामोडस्थित बीएण्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ। अस्पताल भर्ना भएका केही भने डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार