अबैध लागू औषध गाँजासहित पोखराबाट दुई जना युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा ६ लेकसाइडस्थित तालबाराही स्कुल अगाडी संचालित अस्मिता एण्ड आयन ट्रेडर्सका संचालक स्याङ्जाको फेदिखोला गाउपालिका वडा नं.५ घर भएका २४ वर्षीय सौगात परियार र पर्बत जिल्लाको कुश्मा नगरपालिका वडा नं.१४ घर भई हाल पोखरा ५ धर्मस्थली मार्गमा भाडामा बस्ने २७ वर्षीय संगम बि.क. रहेका छन्।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले तालबाराही स्कुल अगाडी संचालित अस्मिता एण्ड आयन ट्रेडर्समा छापा मार्दा काठको र्याकमुनि ६ के.जि.६ सय ४० ग्राम लागु औषध गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै संगम बि.क. को पोखरा ५ धर्मस्थली मार्गस्थित डेराकोठाभित्र काठको र्याकमा लुकाईचिपाई राखेको पाँच सय ग्राम लागु औषध गाँजा बरामद गरेको प्राप्त समाचारमा बताइएको छ।
गाँजासहित पक्राउ परेका दुवै जनाविरुद्ध लागु औषध गाँजा सम्बन्धी कसुर अपराधमा कास्की जिल्ला अदालतबाट पाँचको म्याद थप भइ अनुसन्धान प्रकृया अगाडी बढाईएको वडा प्रहरी कार्यालय बैदाम्ले जनाएको छ।