पोखरा,२६ भदौ २०८१।
बारमा गएराती श्रीमानले श्रीमतीको हत्या गरेका छन् भने दुई छोरीलाई घाइते बनाएका छन्।
बाराको निजगढ नगरपालिका वडा नं. ९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे राजबिराज ८ घर भई निजगढ-९ बसोबास गर्ने ४५ बर्षिय बिमल बस्नेतले आफ्नै ३५ बर्षीय श्रीमती लक्ष्मी भन्ने सिता राईलाई घरमै रहेको हसियाँ प्रहार गरी हत्या गरेका हुन्।
बाथरुममा नुहाउन गएकी श्रीमतीलाई बस्नेतले पहिलो पटक हँसिया प्रहार गरेको र छोरीहरु छुट्टाउन जाँदा छोरीहरुलाई पनि सोहि हँसियाले हानेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ। बिमलको हँसिया प्रहारबाट १७ बर्षकी जेठी छोरीको हात आधा भन्दा बढी काटेको र कान्छी छोरी १५ बर्षीय जमुना राई समेत घाईते भएकी छन् ।
उनिहरु दुवैलाई स्थानीय सामुदायिक प्रसुति अस्पतालबाट रिफर गरी बिरगन्ज मेडिकल कलेज पठाईएको सामुदायिक अस्पताल निजगढका डा.सरोज कुमार कुश्वाहाले जानकारी दिए।
घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले भाग्दै गरेका श्रीमान बिमल बस्नेतलाई प्रक्राउ गर्नुका साथै घटनास्थलबाट हत्यामा प्रयोग भएको हसियालगायतका सामाग्री बरामद गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुश्वाहाले बताए ।
हत्या किन भयो भन्ने बिषयका बारेमा छानविन भइरहेको कुश्वाहाले बताउनु भयो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाईएको छ ।