दिउसै पोखराको ड्यामसाइडबाट घर फोडेर बहुमुल्य तामा, पित्तल र चरेसका भाँडाकुँडाहरु चोरी गरेको आरोपमा एक युवा पक्राउ

दिउसै पोखराको ड्यामसाइडबाट घर फोडेर बहुमुल्य तामा, पित्तल र चरेसका भाँडाकुँडाहरु चोरी गरेको आरोपमा एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ भाद्र २०८१
  • 7.4K
    Shares

भाँडा कुँडा चोर

पोखराको ड्यामसाइडबाट बहुमुल्य तामा, पित्तल र चरेसका भाँडाकुँडाहरु चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाईड स्थित सबिना राजभण्डारीको घर कोठाबाट बहुमुल्य तामा, पित्तल र चरेसका भाँडाकुँडाहरु चोरी गरेको आरोपमा पोखरा ६ बस्ने बर्ष २० को बिबेक बि.कलाई प्रहरीले पक्राउ गरेको हो।

अभियुक्त बिकबिरुद्ध प्रहरीले गएको भदौ २३ गते दिउसो तीन बजेको समयमा राजभण्डारीको ड्यामसाइडस्थित घरकोठाको तालाचाबी फोडेर पित्तलको करुवाहरु, तामाको ताउलाहरु, पित्तलको मुर्तीहरु,काचँका भाँडाहरु, चरेशका भाँडाकुँडाहरु समेत चोरी गरेको आरोप लगाएको छ।

अभियुक्त बिकबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डांका कसुर अपराधमा सात दिनको म्याद थप भएर अनुसन्धान अनुसन्धान प्रकृया अगाडी बढाईएको वडा प्रहरी कार्यालय बैदाम पोखराले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार