रोल्पाको थवाङमा भरुवा बन्दुकले हानेर ७१ वर्षीय वृद्धको हत्या

रोल्पाको थवाङमा भरुवा बन्दुकले हानेर ७१ वर्षीय वृद्धको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ भाद्र २०८१
  • 3.8K
    Shares

भरुवा बन्दुकसहित पक्राउ

क्रान्तिकारीहरुको उद्गम थलो ठानिएको रोल्पाको थवाङमा भरुवा बन्दुकले हानेर एक जना बृद्धको हत्या भएको छ।

जिल्लाको थवाङ गाँउपालिका वडा न. २ जाजरकोट का ३५ वर्षीय रामकुमार रोकामगरले सोमबार बिहान साढे १२ बजेको समयमा सोही ठाउँका ७१ वर्षीय सारु रोकालाई भरुवा बन्दुकको कुन्डलले हानेर हत्या गरेका हुन्।

बन्दुकको कुन्डलले टाउकोमा हानेर सारुको हत्या गरे पछि मादक पदार्थ सेवन गरेर आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या गर्ने राम कुमार रोकामगरलाई प्रहरीले घरबाट पक्राउ गेरको प्राप्त समाचारमा जनाइएको छ । हत्यामा प्रयोग गरिएको बन्दुकलाई घटना स्थलबाट करिब ७५ मिटरको दुरीमा झाडीमा लुकाएर राखेको अवस्थामा फेला पारेको छ ।

बन्दुकको कुन्डलले प्रहार गरेर मान्छे मारेको खबर प्राप्त भए पछि इलाका प्रहरी कार्यालय कार्यालय थवाङमा कार्यरत प्रहरी नायक निरिक्षक ज्ञानेन्द्र बहादुर केसीको टोली घटना स्थलमा पुगेर अभियुक्त राम कुमार रोकामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घटना के कारणले भयो भन्ने बारेमा प्रहरीले अनुशन्धान गरिराखेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार