काठमाडौं,२४ भदौ २०८१।
डोटीमा कोदालो प्रहार गरी सहोदर दाजुको हत्या भएको छ। जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै ६५ वर्षीय दाई गणेशबहादुर जोराको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार, घरायसी विवादपछि झगडा हुँदा सोमबार नरबहादुरले टाउकोमा कोदालो प्रहार गरी ६५ वर्षीय दाई गणेशबहादुर जोराको हत्या गरेका हुन् ।
कोदालो प्रहारबाट दाइको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। नरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।