काठमाण्डौको नागढुंगा मन्दिर नजिक गयो पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध

काठमाण्डौको नागढुंगा मन्दिर नजिक गयो पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ भाद्र २०८१
  • 8.6K
    Shares

काठमाण्डौको नागढुंगा मन्दिर नजिक गएको पहिरो

काठमाडौं,२४ भदौ २०८१।

काठमाडौं छिर्ने नागढुंगा मन्दिर नजिक पहिरो गएको छ । नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो ।

प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले पहिरो गएका कारण अहिले दुई तर्फीबाट अवरुद्ध भएको बताए । पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् ।

अहिले बाटो खुलाउने काम भइरहेको उनले बताए । यसअघि पनि सोही ठाउँ नजिक पहिरो गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार