रुकुममा रम्बाखोलाले मोटरसाइकल बगाउँदा चालकसहित दुई जनाको मृत्यु

रुकुममा रम्बाखोलाले मोटरसाइकल बगाउँदा चालकसहित दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ भाद्र २०८१
  • 5.2K
    Shares

पोखरा,२४ भदौ २०८१ ।

रुकुम पश्चिममा बाढीले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ। अविरल बर्षासँगै मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको रम्बाखोलामा गएराती आएको बाढीले मोटरसाइकल बगाउँदा मुसिकोट नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ५० का सर्जन पुन र वडा नम्बर ६ बस्ने ३३ वर्षीया निर्मला थापाको मृत्यु भएको हो।

आइतबार राती करिब ८ बजेको समयमा साखबाट कानियाँगाउँतर्फ जाँदै गर्दा खोला तर्ने क्रममा मोटरसाइकल सहित उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए।

मृतक दुवै जनाको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार