ठुलो मात्रामा गोलीसहित नेपाल छिर्न लागेका दुई भारतीय बनबासा सिमानाकाबाट समातिए

ठुलो मात्रामा गोलीसहित नेपाल छिर्न लागेका दुई भारतीय बनबासा सिमानाकाबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ भाद्र २०८१
  • 4.6K
    Shares

पोखरा,२४ भदौ २०८१ ।

कञ्चनपुरको गड्डाचौकी सीमानाका भएर नेपाल प्रवेश गरिरहेका दुई जनालाई भारतीय सुरक्षाकर्मीले ४० थान गोलीसहित पक्राउ गरेको छ।

गड्डाचौकीेको शारदा ब्यारेज क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रवार कञ्चनपुर आउँदै गरेका दुई भारतीय नागरिकलाई ४० थान गोलीसहित पक्राउ गरेको हो।

एसएसबीले अल्मोडाका ४७ वर्षीय दिनेश चन्द्र र नैनीतालका ४० वर्षीय सतिश नैनवाललाई पक्राउ गरेको जनाएको छ।

एसएसबीले पक्राउ परेका व्यक्तिबाट ७ दशमलव ६५ एमएमका ४० थान जिउँदा कारतुस बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई एसएसबीले बनबासामा रहेको जनपद प्रहरीको जिम्मा लगाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार