एकाबिहानै रक्सी खाएर पिक अप भ्यान फ़ुटाएको आरोपमा पोखराबाट एक जना पक्राउ

एकाबिहानै रक्सी खाएर पिक अप भ्यान फ़ुटाएको आरोपमा पोखराबाट एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ भाद्र २०८१
  • 6.8K
    Shares

पोखरा,२३ भदौ २०८१ ।

रक्सी खाएर पिक अप भ्यान फ़ुटाएको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ।

रक्सी खाएर मातेको अवस्थामा पोखरा महानगपरालिका वडा नं.०७ कृष्णटोलमा पार्किङ गरी राखेको ग १ ज ६६२४ नम्बरको पिक अप भ्यान तोडफोड गरेको आरोपमा सोही ठाउँका ५४ वर्षीय तारा बहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जानाकारी दिएको छ।

अभियुक्त गुरुङले रक्सी खाएर मातेको अवस्थामा शुक्रबार बिहान ६:०० बजेको समयमा उक्त पिकअप भ्यान तोदोफोद गरेको प्रहरीको आरोप छ।

अभियुक्त गुरुङबिरुद्ध अभद्र ब्यबहार सम्बन्धी कसुर अपराधमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पांच दिनको म्याद थप भएको वडा प्रहरी कार्यालय बैदाम पोखराले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार