पोखरा,२३ भदौ २०८१ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले आफू मातहत रहेको मुद्दा शाखामा कार्यरत् एक जना सहायक हबल्दारलाई नियन्त्रणमा लिएको छ ।
“मुद्दा मिलाइदिन्छु” भन्दै रकम ठगी गरेको उजुरी परेपछि मुद्दा शाखाका सहायक हबल्दार गणेश खड्कालाई नियन्त्रणमा लिएर आन्तरिक छानबिन भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए।
यस विषयमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीको नेतृत्वमा डीएसपी प्रल्हाद कार्कीसहित चार जना सदस्य रहेको समिति समेत गठन भएको बताइएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार, एक जना व्यक्तिलाई खड्काले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा सोधपुछका लागि बोलाएका थिए । तर, संलग्नता देखिएको भन्दै उनलाई छाडिएको थियो । पछि यो मामलामा आन्तरिक लेनदेन भएको भन्दै सम्बन्धित व्यक्तिको परिवारले जाहेरी दिएको थियो ।