पोखरा,२३ भदौ २०८१ ।
अविरल वर्षासंगै गएराती आएको पहिरोले जाजरकोटमा घर पुरिंदा वडा सदस्यका दम्पत्ति बेपत्ता भएका छन्। जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा वडा सदस्य प्रेमकुमारी चलाउनेको दम्पती बेपत्ता भएका हुन्।
वडा सदाय प्रेमकुमारीका श्रीमान मानबहादुर चलाउने बेपत्ता भएको र ११ वर्षीय छोरीको उद्धार गरेर अहिले उपचारका लागि अस्पताल लगिएको बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए। स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले बेपत्ताको खोजी गरिरहेको छ।
गत कार्तिकमा गएको भूकम्पका कारण चलाउनेको घर चर्किएको थियो। सोही कारण उनीहरुको परिवार असार र साउन महिनाभर त्यो घरमा नबसेर बाहिर सुरक्षित टाउँमा बसेका वडाध्यक्ष महताराले बताए।