अबैध लागू औषध गाँजा बेच्दै गरेकी महिला पोखराबाट पक्राउ

अबैध लागू औषध गाँजा बेच्दै गरेकी महिला पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ भाद्र २०८१
  • 5.9K
    Shares

पोखरा,२१ भदौ २०८१ ।

अबैध लागू औषध गाँजासहित पोखराबाट एक महिला समातिएकी छिन्। पोखरा महानगपरालिका वडा नं.१७ घारिपाटनबाट तीन किलो दुई सय ग्राम अबैध लागू औषध गाँजासहित एक जना महिला समातिएको वडा प्रहरी कार्यालय बैदाम पोखराले जानकारी दिएको छ।

प्रहरीका अनुसार , उक्त परिमाणको गाँजासहित नुवाकोट दुईपिपल गा.बि.स.वडा नं.०७ घर भएकी बर्ष ३० की रिता तामाङलाई पक्राउ गरिएको हो।

बिहिबार दिउसो साढे १२ बजेको समयमा घारीपाटनमा लागू औषध गाँजा बेचबिखन भैरहेको सुचना पाए पछि वडा प्रहरी कार्यालय बैदाम पोखराबाट खटिएको प्रहरी टोलीले अभियुक्त तामाङलाई प्लाष्टिकमा पोका पारी बिक्री गर्न राखेको गाँजा सहित पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।

अभियुक्त तामाङबिरुद्ध लागु औषध गाजाँ सम्बन्धी कसुर अपराधमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप भइ अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार