पोखरा,२१ भदौ २०८१ ।
मोटरसाइकल चोरी गरेर चढिरहेको अवस्थामा पोखराबाट दुई जना युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं. २३ का शुसान्त सुनार र क्षेत्र बहादुर कार्कीलाई मोटरसाइकल चोरी गरेर चढिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले गएको भदौ ९ गते राती ११ बजेको समयमा पोखरा २२ कोदीमा पार्किङ गरी राखेको मनिष परियारको ग १५ प ५०५४ नम्बरको KTM DUKE मोटरसाईकल चोरी गरेको आरोप प्रहरीले लगाएको छ।
अभियुक्त सुनारले उक्त चोरीको मोटरसाइकल चोरी गरेको १० दिन पछि गएको बुधबार पोखरा ९ पृथ्विचोकमा चलाइरहेको र सोही मोटरसाइकलको पछाडी चढिरहेको अवस्थामा क्षेत्र बहादुर कार्कीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामाले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनाबिरुद्ध चोरी तथा डांका सम्बन्धी कसुर अपराधमा कास्की जिल्ला अदालतबाट पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।