किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा ललितपुरको न्यू नमस्ते रेस्टुरेन्टका सञ्चालकहरु पक्राउ

किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा ललितपुरको न्यू नमस्ते रेस्टुरेन्टका सञ्चालकहरु पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ भाद्र २०८१
  • 3.8K
    Shares

पोखरा,२१ भदौ २०८१ ।

ललितपुरको सातदोबाटोस्थित न्यू नमस्ते रेस्टुरेन्टका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ।
किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले उक्त रेस्टुरेन्टका सञ्चालकहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३३ वर्षीय राजीव लामा र २५ वर्षीय शर्मिला कटुवाल रहेका छन् । उनीहरुलाई रेस्टुरेन्टका ग्राहकसँग पैसा लिएर किशोरीहरुलाई वेश्यावृत्तिमा लगाउने गरेको आरोप लागेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार उनीहरुले ग्राहकसँग एक हजारदेखि ५ हजार रुपैयाँसम्म लिएर किशोरीहरुलाई ५०० रुपैयाँ दिने गरेका थिए । ब्युरोले रेस्टुरेन्टबाट प्रयोग भइसकेका र प्रयोग नभएका कन्डमहरु पनि बरामद भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार