पोखरा,२१ भदौ २०८१ ।
बर्दियामा गैँडाको आक्रमणबाट एकजना पथ प्रदर्शकको मृत्यु भएको छ । शुक्रबार बिहान बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना पथ प्रदर्शक (नेचर गाइड) मनमोहन चौधरीको मृत्यु भएको हो ।
त्यस्तै गैंडाको आक्रमणबाट एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । उनीहरु बिहान जंगलमा गएका बेला गैंडाले आक्रमण गरेको थियो । घाइतेहरुको भने भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ।