तनहुँको घाँसीकुवामा अवरुद्ध पृथ्वी राजमार्ग सुचारु

तनहुँको घाँसीकुवामा अवरुद्ध पृथ्वी राजमार्ग सुचारु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ भाद्र २०८१
  • 3.4K
    Shares

पोखरा,२१ भदौ २०८१ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ मा आज बिहान गएको पहिरा हटाएपछि दमौली–डुम्रे खण्ड सुचारु भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण बिहान ४ बजे गएको पहिरा पौने चार घण्टामा हटाएपछि बिहान ७ः४५ बजेदेखि उक्त खण्ड सुचारु भएको हो ।

निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को सहयोगमा पहिरा हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलीप हुमागाइले जानकारी दिए ।

पहिराले राजमार्ग सुचारु भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । मुग्लिन पोखरा सडक विस्तारका क्रममा ठाउँ–ठाउँमा भित्ता खन्ने काम भएकाले यो खण्ड पहिराको जोखिममा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार