काठमाण्डौमा क्लब हाउस पार्टीको नाममा युवा युवतीहरूलाई बन्धक बनाई यातना : चार जना पक्राउ

काठमाण्डौमा क्लब हाउस पार्टीको नाममा युवा युवतीहरूलाई बन्धक बनाई यातना : चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० भाद्र २०८१
  • 3.7K
    Shares

कुटपिट

पोखरा,२० भदौ २०८१ ।

क्लब हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका-११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका-२९ घर भएका २२ वर्षीय साजन गुरूङ छन्। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१ बाट पक्राउ गरेको हो।

मंगलबार पक्राउ परेका उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानीलकण्ठ नगरपालिका-१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिने गरेको प्रहरीको दाबी छ।

साथै प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्यालमर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ। यस सम्बन्धमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार